आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अज्ञात रोगले धमाधम मौरी मर्न थालेपछि रित्तिँदै घार, संकटमा व्यवसाय

अज्ञात रोगले धमाधम मौरी मर्न थालेपछि रित्तिँदै घार, संकटमा व्यवसाय

 |  सोमबार, जेठ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

बागलुङ- मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका जैमिनी नगरपालिका-१० व्याडथलाका किसान याम थापा अहिले चिन्तित छन्। २०७४ सालदेखि मौरीपालन गर्दै आएका उनको मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा परेको छ। 

National life

थापासँग ४२ घार मौरी थिए। राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्न थालेपछि अहिले घार नै रित्तिन लागेको हो। उनी केही वर्ष यता बंगुरपालन छोडेर मौरीपालनमा लागेका थिए।

केही महिनायता मात्र ४० घार मौरी मरेपछि व्यवसाय संकटमा परेको उनले बताए। ६ वर्षदेखि मौरीपालन गर्दै आएका थापाले मौरीपालनबाट वार्षिक तीन लाख रूपैयाँसम्म आम्दानी गरेका थिए। सेरेना जातको मौरी पाल्दै आएका उनले एक किलो मह एक हजार पाँच सय रूपैयाँमा घरबाटै बिक्री गर्दै आएका थिए।

'किसानको मर्का राज्यले बुझ्दैन, पहिला बंगुरपालन गरेको खोर त्यसै छन्, बंगुरपालन व्यवसाय घाटामा गएपछि मौरीपालनमा लागेको थिएँ, मौरीपालनमा निकै राम्रो आम्दानी भएको थियो तर मौरी मर्नथालेपछि घार रित्तै भयो', उनले भने, '४२ घार मौरी मासिएर दुई घारमा सीमित छ, अहिले फेरि छ थान मौरीसहितको घार किनेको छु।'

थापाले मौरीपालनसँगै चार वटा मुर्रा जातको भैँसीसमेत पाल्दै आएका छन्। मौरीको बीमा नगर्दा घाटा परेको उनले बताए। उनले राज्यले दिने अनुदान र सहुलियत झन्झटिलो भएको गुनासो गरे। मौरी मर्नुको कारण थाहा नभएको उनको भनाइ छ। 

Laxmi sunrise bank
kumari

पछिल्लो समय बागलुङमा मौरीपालन व्यावसायिक बन्दै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ।

कृषि ज्ञान केन्द्र बागलुङका कृषि अधिकृत जमुना भण्डारीले मौरीपालन बढेपछि मौरीको बीमा कार्यक्रम ल्याएको बताए। उनले कतिपय किसानले बीमा नवीकरण नगर्दा समस्या भएको बताए। वातावरणीय प्रभाव, उपयुक्तखानाको अभाव, समयमै वर्षा नहुँदा विषादी रस, कमजोर गोला र पक्षघातका कारण मौरी मर्ने गरेको उनले जानकारी दिए। रासस

प्रकाशित: May 27, 2024| 07:01 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्