काठमाडौं- सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाबाट विरोध र्यालीसहित कांग्रेसका नेता-कार्यकर्ता भृकुटीमण्डपमा जम्मा भएका छन्।
सहकारी प्रकरणमा छानबिन, गृहमन्त्री लामिछानेको अभिव्यक्ति, सभामुख देवराज घिमिरेको असंसदीय कदमको विरोधमा कांग्रेसले प्रदर्शन र विरोधका कार्यक्रम गरेको हो।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री संलग्न रहेको दाबीसहित उनी केन्द्रित छानबिन समितिको माग गर्दै संसद् बैठकसमेत अवरोध गर्दै आएको छ।