बुधबार, जेठ २०, २०८३

आर्थिक वृद्धिदर ३.९ पुग्ने अनुमान

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले विस्तार हुने बताएका छन्।

National life

प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योगको गतिविधि सङ्कुचित भए पनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको बताएका हुन्।

चालू आर्थिक वर्षमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान छ । प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६अमेरिकी डलर पुग्ने अनुमान छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद अर्थमन्त्री पुनले संसद् बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन्।

बैठकमा प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बालेपछि कांग्रेस सांसदहरूले वेल घेराउ तथा नाराबाजी सुरु गरेका थिए। नाराबाजीकै बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन्।

Shivam cement

प्रतिपक्षीको अवरोधकै बीच अर्थमन्त्री पुन फुत्किएर रोष्टममा पुगेका थिए। उनलाई मर्यादा पालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्‍याएका थिए।

 

प्रकाशित: May 26, 2024| 12:29 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्