आइतबार, भदौ ७, २०८३

कांग्रेसको विरोधका बीच आर्थिक सर्वेक्षण संसद्‍मा पेश

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद अर्थमन्त्री वर्षमान पुनले संसद् बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।

 बैठकमा प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बालेपछि कांग्रेस सांसदहरूले वेल घेराउ तथा नाराबाजी गरिररहेका छन्।  नाराबाजीकै बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरिरहेका छन्।

प्रतिपक्षीको अवरोधकै बीच अर्थमन्त्री पुन फुत्किएर रोष्टममा पुगेका थिए। उनलाई मर्यादा पालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्‍याएका थिए।

प्रकाशित: May 26, 2024| 12:17 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्