शनिबार, साउन १२, २०८१

सहकारी ठगीविरुद्ध आज कांग्रेसको प्रदर्शन

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आज सडक प्रदर्शन गर्दैछ।

triton college

गत बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो।

सोहीबमोजिम कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सडक आन्दोलन गर्न लागेको हो।

विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ। यत्रो रकम अपचलन भएको तथ्यहरू सार्वजनिक भएको अवस्थामा पनि सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको कांग्रेसको भनाइ छ।

'३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सिमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रूपमा अपचलन, ठगी र दुरुपयोग गरेका छन्। हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएका छन्,' कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ।

Metro Mart
vianet

प्रकाशित: May 26, 2024| 06:51 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्