बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्दै तरुण दलको राँके जुलुस

गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गर्दै तरुण दलको राँके जुलुस

 |  शनिबार, जेठ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १२, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको अगुवाइमा काठमाडौंमा राँके जुलुस निकालिएको छ।

कांग्रेसले आइतबार काठमाडौंमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा शनिबार प्रदर्शनी मार्गमा राँके जुलुस निकालिएको हो। त्यसक्रममा प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए।

कांग्रेसले आइतबार काठमाडौंको भृकुटीमण्डपमा सरकारविरुद्ध बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ। गत बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको मागलगायत विषयमा सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: May 25, 2024| 19:39 शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्