सोमबार, असार ३, २०८१

सहकारी छानबिन संसदीय समितिको कार्यादेश शीर्ष नेताले टुंगो लगाउने

 |  शनिबार, जेठ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १२, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलले शीर्ष नेताहरूलाई जिम्मा दिएका छन्।

शनिबार कार्यदलको बैठकपछि पत्रकारहरूसँग बोल्दै संयोजक रहेका कानुन मन्त्री पदम गिरीले सहमति भइनसकेको र बालुवाटारमा शीर्ष नेताहरूबीचको छलफलले टुंगोमा पुगिने बताए।

यसअघिका बैठकभन्दा धेरै नै अगाडि बढेर सहमतिको नजिक पुगेको उनले बताए। कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताहरू बालुवाटार पुगेका छन्। बैठकले कार्यादेश टुंगो लगाउने र संसद्‍को अवरोध हट्ने अपेक्षा गरिएको छ।

प्रकाशित: May 25, 2024| 19:22 शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्