बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मन्त्री महासेठलाई मेयर बालेनको एक ट्रक धुलो उपहार [भिडियोसहित]

मन्त्री महासेठलाई मेयर बालेनको एक ट्रक धुलो उपहार [भिडियोसहित]

 |  शनिबार, जेठ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १२, २०८१

काठमाडौं महानगरले बबरमहलस्थित सडक विभागको गेट अगाडि फोहोर थुपारेको छ। महानगरको टिपरले अन्यत्रबाट ल्याएको फोहोर विभाग अगाडि थुपारेको हो। 

National life

फोहोर थुपारेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठलाई महानगर मेयर बालेन्द्र शाह (बालेन) ले धुलो उपहार पठाएको बताएका छन्। सडक विभागले काठमाडौंमा सडक विस्तारको काममा ढिलासुस्ती गर्दा महानगरबासीले धुलो खानुपरेको भन्दै मन्त्रीलाई नै धुलो उपहार पठाएको व्यंग्य गरेका हुन्।

उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला।’ 

मेयर बालेनले विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नु परेको बताएका छन्।

उनले भनेका छन्, ‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला। काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ।’

kumari

प्रकाशित: May 25, 2024| 18:13 शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्