आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर पूर्णिमाले बनाइन् यस्तो रेकर्ड

एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेर पूर्णिमाले बनाइन् यस्तो रेकर्ड

 |  शनिबार, जेठ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १२, २०८१

काठमाडौं- पूर्णिमा श्रेष्ठले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान बनाएकी छन्। एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोहीको रुपमा उनले रेकर्ड कायम गरेकी हुन्।

श्रेष्ठलाई सगरमाथा आरोहण गराएको एजेन्सी एटके एक्सपिडिसन्सका लाक्पा शेर्पाका अनुसार यो सिजनमा उनले मे १२, मे १९ र मे २५ मा सगरमाथा आरोहण गरेकी हुन्।

उनलाई पहिलो आरोहण फुर्वा तेम्बा शेर्पा, दोस्रो आरोहण पासाङ शेर्पा र तेस्रो आरोहण कर्मा ग्याल्जेन शेर्पाले गराएका हुन्। पूर्णिमा अहिले आरोहण पूरा गरेर फर्किने क्रममा छिन्।

उनले हालसम्म मनासलु दुईपल्ट, सगरमाथा चारपल्ट, अन्नपूर्ण १, धौलागिरी, कञ्चनजंघा, ल्होत्से, मकालु र पाकिस्तानको केटु हिमाल आरोहण गरिसकेकी छन्। यी सबै हिमाल ८ हजार मिटरभन्दा अग्ला हुन्। 
 

प्रकाशित: May 25, 2024| 09:50 शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्