आइतबार, भदौ ७, २०८३

मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

 |  शनिबार, जेठ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १२, २०८१

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।

नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो। प्रादेशिक अस्पतालमा भएको चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि गए राति नै उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो  

जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका सिरोहियालाई शुक्रबार हिरासतमा राख्न पुनः तीन दिनको म्याद थप गरेको थियो। 

प्रकाशित: May 25, 2024| 09:14 शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्