बिहीबार, पुस १०, २०८२

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

काठमाडौं- जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

National life

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले आज सिरोहियालाई थप तीन हिरासतमा राखेर अनुसन्धन्धान गर्न अनुमति दिएको हो। धनुषा अदालतको पाँच नं इजलासमा पक्ष–विपक्षका वकिलहरूको बहसपछि यस्तो आदेश दिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। 

आज वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले सिरोहियाको पक्षमा बहस गरेका थिए।

प्रहरीले सिरोहियालाई गत मङ्गलबार पक्राउ गरेको थियो।  

प्रकाशित: May 24, 2024| 19:04 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्