मंगलबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको भ्रष्टाचारमा दोषी ठहरिएका कर्मचारी मृत भेटिए

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको भ्रष्टाचारमा दोषी ठहरिएका कर्मचारी मृत भेटिए

 |  शुक्रबार, जेठ ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

vianetvianet
National life insurance

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत अवस्थामा भेटिएका छन्। इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन्।

बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ। 

विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो।

प्रकाशित: May 24, 2024| 16:37 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्