काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः सुरु भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार धावनमार्गमा ‘क्रयाक’ भएपछि आज दिउँसो ११:४५ देखि १२:४५ बजेसम्म उडान अवरुद्ध भएका थियो।
‘धावनमार्गमा क्रयाक भएपछि करिब एक घण्टा उडान रोक्नु परेको थियो’, उनले भने, ‘पहिले पनि बर्खा र गर्मी महिना सुरु हुने समयमा यस्तो समस्या देखिन्थ्यो।’
उनका अनुसार धावनमार्गमा क्रयाक देखिएपछि केही विमानलाई आकाशमै होल्डमा राख्नु परेको थियो।