आइतबार, भदौ ७, २०८३

'सभामुखको छेउमा बस्नेको दुईवटा नागरिकता छ, किन पक्राउ गरिएन ?'

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

काठमाडौं- नेपाली कांग्रेसले संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको नागरिकता प्रकरण उठाएको छ।

प्रतिनिधि सभामै यो विषय उठाउने तयारी भए पनि सभामुखले बोल्न नदिएपछि बाहिर उठाउनुपरेको कांग्रेसले जनाएको छ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पाण्डेयको नाम नलिई भने, 'सभामुखको अगलबगलमा, छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकता र पासपोर्ट छ भन्ने कुरा सार्वजनिक भएको होइन ? उहाँ पक्राउ पर्नुभएको छ ? मैले नाम बिर्सिएँ । उहाँ गिरफ्तार हुनुभएको छ र ? अहिले भर्खरै मैले हेरेर आएको छु । गृहमन्त्रीको राहदानीको कुरा छ उहाँ पक्राउ पर्नुभएको छ ?'

उनले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई सहकारी र गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्नका लागि पक्राउ गरिएको हुँदा आफूहरुले समर्थन गरेको बताए। 'दुईवटा पासपोर्टको विषयमा गिरफ्तारी नगरी गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गरिएको होइन र ?,' उनले प्रश्न गर्दै भने, 'कैलाश सिरोहियालाई बदलाका लागि पक्राउ गरिएको हो।'

संसद्का महासचिव पाण्डेयले दुईवटा नागरिकता र दुईवटा राहदानी लिएको सम्बन्धमा विभिन्न मिडियाले समाचार प्रकाशित गर्दै आएका छन्।

प्रकाशित: May 24, 2024| 13:19 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्