काठमाडौं - अभिनेत्री प्रियंका कार्कीले फिल्म ‘अनागत’ का लागि हट सिन दिएकी छन्। यसअघि पनि ‘कथा काठमाडौं’ मा अभिनेता प्रमोद अग्रहरीसँग हट सिन दिएका कारण आलोचना र चर्चा कमाएकी प्रियंकाले फेरि त्यस्तै दृश्य दिएकी हुन्।
उनले यसपटक अर्पण थापासँग हट सिन दिएकी हुन्। फिल्म युनिटले फिल्मको टिजरसमेत सार्वजनिक गरेको छ। टिजरमा प्रियंका र अपर्णको हट सिन देख्न सकिन्छ। यो फिल्म माघ ११ देखि देशभरका हलमा रिलिज हुने फिल्म निर्माण युनिटले जानकारी दिएको छ।
करिब २ वर्षअगाडि छायांकन गरिएको चलचित्रमा प्रियंका र अर्पणलाई पतिपत्नीको भूमिकामा देख्न सकिनेछ। साम्तेन भुटियाको निर्देशन रहेको चलचित्रमा अर्पण र प्रियंकासँगै प्रवीण खतिवडा र रोशिन सुवेदीलाई मुख्य भूमिकामा देख्न सकिनेछ।
समीर उपाध्याय, चन्द्रकुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया निर्माता रहेको चलचित्रमा चन्द्रकुमार झाको कथा रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४