बुधबार, वैशाख २, २०८३

कार्यदलमा जुटेन सहमति, प्रतिनिधि सभाको बैठक स्थगित

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

काठमाडौं- प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

National life

नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्।

अर्को बैठक आगामी आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

सहकारी रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन गठित कार्यदलमा दलहरूबीच कुरा नमिल्दा संसद् बैठक चल्न नसकेको हो। आज बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा करिब तीन घन्टा चलेको बैठकमा कुरा नमिलेको हो।

बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेपछि आज पुनः बैठक बसेको थियो। दिउँसो ४ बजे बस्ने गरी बैठक स्थगित भएको छ।

kumari

 

प्रकाशित: May 24, 2024| 12:45 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्