बुधबार, वैशाख २, २०८३

कांग्रेसको अगुवाइमा विपक्षी दलहरुको बैठक जारी

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

काठमाडौं- नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसेको हो।

National life

विपक्षी दलले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै आएका छन्। साथै सदनमा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर विपक्षी दलले प्रश्न उठाइरहेका छन्।

गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्न भएको भन्दै विपक्षी दलले उनीमाथि पनि छानबिन हुने गरी संसदीय छानविन समितिको माग गर्दै आएका छन् ।

कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमोर्चा लगायतका दल सहभागी हुँदै आएका छन् ।

संसदीय छानबिन समितिको कार्यादेश बनाउन सत्ता पक्ष र कांग्रेसको कार्यदल बनेपनि सहमति जुट्न भने सकेको छैन । कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी छ।

kumari

प्रतिनिधि सभामा आज नीति तथा कार्यक्रममा माथि छलफल हुने कार्यसूची छ। ११ बजेका लागि बोलाइएको बैठक सवा ११ बज्दासम्म सुरु भएको छैन।

प्रकाशित: May 24, 2024| 11:15 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्