बुधबार, जेठ २०, २०८३

घरेलु र आयातीत रक्सी बेचबिखनमा रोक

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

सिन्धुपाल्चोक- मादक पदार्थ सेवन गरी समाजमा होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका गतिविधि तीव्र भएपछि सुनकोशी गाउँपालिका–५ नम्बर वडा कार्यालयले घरेलु रक्सी तथा अन्य मदिराजन्य सामग्रीहरु बेचबिखनमा रोक लगाएको छ ।

National life

सुनकोशी–५ नम्बर वडा कार्यालयका सक्रियतामा सर्वदलीय बैठक बसेर बेलुकी ८ बजेपछि घरेलु मदिरा र अन्य मदिराजन्य पदार्थहरु बेचबिखनमा पुर्ण रुपमा रोक लगाइएको हो ।

घरेलु रक्सी तथा मदिरा सेवन गर्ने,जुवा तास खेलाएर समाजमा अनैतिक गतिविधिहरु बढ्दै गएपछि वडा कार्यालयको सक्रियतामा सबैको सहमतिमा यस्तो निर्णय गरिएको वडा अध्यक्ष जालबहादुर लामाले बताए ।

बेलुकी ८ बजेपछि मदिरा विक्री वितरण गरेमा पहिलो पटक ५ हजार जरिवान र कानुन अनुसार कारवाही गरिने वडा अध्यक्ष लामाले जानकारी दिए । मदिरा सेवन गरी सार्वजनिक स्थानमा हो–हल्ला गरेमा पहिलो पटक ३ हजार जरिवान र कानुन अनुसार कारवाही गर्ने निर्णय गरिएको वडा अध्यक्ष लामाले जानकारी दिए ।

त्यस्तै जुवा तास खेलाउने व्यक्ति वा समुहलाई ५ हजार जरिवान गर्ने, खेल्ने व्यक्तिलाई ३ हजार जरिवान गर्ने निर्णय पनि सर्वदलीय÷ सर्वपक्षीय बैठकले निर्णय गरेको वडा अध्यक्ष लामाले बताए ।

Shivam cement

गाउँमा बसेर अभद्र व्यवहार गर्नै,धाक धम्की दिने गाली गलौज गर्ने लगायतका अभद्र व्यावहार गर्नेलाई ३ हजार जरिवान गर्ने लगायतका निर्णयहरु समेत भएको वडा अध्यक्ष लामाले बताए ।

वडा कार्यालयमा केही दिन अगाढी भएको सार्वजनिक सुनुवाई कार्यक्रममा मदिरा सेवन गर्ने जुवा तास खेलाउने लगायत गतिवधि गाउँमा तिव्र रुपमा फैलिएको गुनासो गरेपछि आफुहरुले सबैको सल्लाहामा यस्तो निर्णय गर्नु परेको वडा अध्यक्ष लामाले बताए ।

वडा कार्यालय,प्रहरी र मेलमिलाप केन्द्रमा जति पनि झै झगडाको घटना आउछ त्यो सबै मदिरा सेवनको कारण उत्पन्न भएको र मदिराजन्य पदार्थ रोकथाम घटेमा समाजमा यस्ता विकृत पनि हट्दै जाने उनको विश्वास रहेको छ । अधिकांश तामाङ समुदायको बसोबास रहेकाले मदिरा पूर्ण रुपमा बिक्रीवितरणमा रोक्न भने सम्भव नभएको अध्यक्ष लामाले बताए ।

प्रकाशित: May 24, 2024| 08:50 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्