आइतबार, पुस ६, २०८२

एकाबिहानै राष्ट्रपतिलाई भेट्न शितल निवासमा प्रधानमन्त्री

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै शितल निवास पुगेका छन्।

National life

आज बस्ने संसद् बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेका बेला पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति लगायत समयसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री शितल निवास पुगेका हुन्।

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

आजको बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ। जसमध्ये आज नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ।  सचिवालयले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।

सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन्।

Laxmi sunrise bank
kumari

सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको नेपाली कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ। समिति गठनबारे सहमति जुटे पनि त्यसको कार्यादेशमा सहमति नहुँदा आजको बैठकमा पनि कांग्रेसले अवरोध गर्ने सम्भावना छ।

यद्यपि पछिल्लो समय कांग्रेसको नाराबाजीबिच सभामुखले संसद् बैठक अगाडि बढाइरहेका छन्। आज पनि उनी प्रतिपक्षीलाई पेलेरै जाने रणनीतिमा छन्। 

प्रकाशित: May 24, 2024| 07:31 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्