आइतबार, असार २, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • संसद् बैठकका १० कार्यसूची, छानबिन समितिको कार्यादेशमा भएको छैन सहमति

संसद् बैठकका १० कार्यसूची, छानबिन समितिको कार्यादेशमा भएको छैन सहमति

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

काठमाडौं- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

triton college

आजको बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ। जसमध्ये आज नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ।  सचिवालयले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।

सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन्।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको ब्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ। 

साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय पनि आजको कार्यसूचीमा समेटिएको छ। 

corrent noodles
Metro Mart

सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको नेपाली कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ। समिति गठनबारे सहमति जुटे पनि त्यसको कार्यादेशमा सहमति नहुँदा आजको बैठकमा पनि कांग्रेसले अवरोध गर्ने सम्भावना छ।

यद्यपि पछिल्लो समय कांग्रेसको नाराबाजीबिच सभामुखले संसद् बैठक अगाडि बढाइरहेका छन्। आज पनि उनी प्रतिपक्षीलाई पेलेरै जाने रणनीतिमा छन्। 

प्रकाशित: May 24, 2024| 07:13 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्