बुधबार, जेठ २०, २०८३

बाँकेमा गृहमन्त्री लामिछानेको पुतला जलाइयो

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१
National life
Shivam cement

बाँकेको नेपालगन्जमा नागरिक समाजले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुतला दहन गरेका छन्।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै बिहीबार त्रिभुवन चोकमा गृहमन्त्री लामिछानेको पुतला दहन गरिएको हो। विरोध प्रदर्शनमा सहभागी नागरिक समाजका अगुवा पत्रकारहरुले यो कदम प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको भन्दै मिडिया माथिको आक्रमण रोक्न माग गरेका छन्।

अध्यक्ष सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर केन्द्रीय कार्यालयको कार्यकक्षबाट प्रहरीले पक्राउ गरेको थियो। नागरिकता सम्बन्धी उजुरीका आधारमा पक्राउ परेका सिरोहिया अहिले धनुषा प्रहरीको हिरासतमा छन्। अदालतबाट तीन दिनको म्याद लिई प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 23, 2024| 20:59 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्