मंगलबार, असार ११, २०८१

सहकारी ठगी प्रकरण
himalayan bankhimalayan bank

संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटेन

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

काठमाडौं- सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ।

triton college

बिहीबार अपराह्न कानुन मन्त्री पदम गिरीसहित नेकपा (एमाले), रास्वपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्यहरूबीच सिंहदरबारमा छलफल भएको थियो।

बैठकमा सत्ता पक्ष सहकारीको नाम राख्न सहमत भए पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा असहमति भएको बताइएको छ। 

बैठक शुक्रबार बिहान ८:३० बजे फेरि बस्ने कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए। शुक्रबार बिहान बस्ने बैठकमा सहमति गरेर ११ बजे संसद् बैठक खुलाउने प्रयास हुने उनले बताए।  

प्रकाशित: May 23, 2024| 19:04 बिहीबार, जेठ १०, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्