शनिबार, भदौ २८, २०८२

संसदको गतिरोध अन्त्य गर्न एकीकृत समाजवादीले पहल गर्ने

 |  बिहीबार, जेठ १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

vianetvianet

काठमाडौं- नेकपा एकीकृत समाजवादीले संसदमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ।

Kumaribank

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने लगायतसँग छलफल गर्ने निर्णय गरेको हो।

सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ। 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन र सडकबाट सकारलाई दबाब दिने तयारी गरेको छ। बुधबार पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक राखेर सडक आन्दोलनमा जाने निर्णय गरेको थियो।

प्रकाशित: May 23, 2024| 17:35 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्