आइतबार, असार २, २०८१

रुकुम पश्चिममा आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

त्रिवेणी- रुकुमपश्चिममा यस वर्ष आगलागीबाट ३५ घर तथा गोठ नष्ट भएका छन्। हिउँदयाम सुरु भएदेखि हालसम्म जिल्लामा २९ घर र छवटा गोठ गरेर ३५ संरचनामा आगलागी भएको हो।

triton college

आगलागी भएका घरगोठ पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। आगलागीका कारण एक महिलाको मृत्यु भएको थियो भने आगो निभाउने क्रममा दुई महिला घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए।

उनका अनुसार मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा आगलागीबाट बढी घर क्षति भएका छन्। आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा कागजात जलेर नष्ट भएका छन्। पैतीस घरमा आगलागी हुँदा करिब ४९ लाख ५२ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।

गत शनिबार मात्रै मुसीकोट-३ माछमीका गोर्खबहादुर केसीको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा २५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको थियो। उनको घरमा भएको सुन, नगद, तामा, कासका भाँडावर्तन, अन्नपात जलेर नष्ट भएका थिए।

विद्युत् सर्टलगायत व्यक्तिको कमजोरीका कारण आगलागी हुने गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ। रासस

corrent noodles
Metro Mart

प्रकाशित: May 23, 2024| 20:01 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्