आइतबार, भदौ ७, २०८३

मुगुमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

मुगु- मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत  एक  कर्मचारी घाइते भएका छन्।

यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन्। जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम  घाइते भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताए। 

प्रकाशित: May 23, 2024| 16:04 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्