आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना हुँदा १२ जना घाइते

विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना हुँदा १२ जना घाइते

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

काठमाडौं- बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन जाँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ।

घाइते चालक तथा जिप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो।

प्रकाशित: May 23, 2024| 15:14 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्