बिहीबार, पुस १०, २०८२

सिरोहिया पक्राउप्रति निजी क्षेत्रको ध्यानाकर्षण

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

काठमाडौं- कान्तिपुर पब्लिकेसन्सका प्रकाशक कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति निजी क्षेत्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

National life

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सिरोहिया पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं। तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने तर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौं,’ निजी क्षेत्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्ने निजी क्षेत्रको माग छ। थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्नु पर्ने माग निजी क्षेत्रको छ।

‘सर्वविदितै छ कि मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन। अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकूल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्तालाई आग्रह पनि गरिएको छ। यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुदैन भन्ने हाम्रो सुझाव रहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

Laxmi sunrise bank
kumari

कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न नसक्ने निजी क्षेत्रको भनाइ छ। ‘अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ। उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ। देशभित्र व्यावसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ हामी सबैको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: May 23, 2024| 13:46 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्