आइतबार, असार २, २०८१

मुलुक अधिनायकवाद र निरंकुशतातर्फ गयो: कोइराला

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक दिशाविहिन रुपमा अघि बढिरहेको बताएका छन्।

triton college

बिहीबार नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरकुंशता तर्फअग्रसर हुदै गएकाले पत्रकारहरुले सचेत हुनुपर्ने समेत बताएका हुन्।

उनले पत्रकारहरुलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारलाई आग्रह गरे। कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने जिकिर गर्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने धारणा राखे।

उनले कैलाश सिरोहीयालाई प्रतिशोध साँध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका विषयमा गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्ने बताए।

प्रकाशित: May 23, 2024| 11:55 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्