शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • पाँच इजरायली महिला सैनिकलाई हमासले बन्धक बनाएको भिडियो सार्वजनिक 

पाँच इजरायली महिला सैनिकलाई हमासले बन्धक बनाएको भिडियो सार्वजनिक 

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

काठमाडौं- हमासले गएको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि बन्धक बनाइएका पाँच महिला सैनिकमाथि गरिएको ज्यादतीसम्बन्धी भिडियो बुधबार सार्वजनिक भएको छ।

triton college

होस्टेज एण्ड मिसिङ फेमिलिज फोरमले सार्वजनिक गरेको सो भिडियोमा ती महिला सैनिकलाई बलात्कारको धम्की दिँदै गाजातर्फ लगिएको देखाइएको छ। गाजा स्ट्रिप बाहिर नाहल ओज बेसमा रहेका ती महिलाको हातमा हतकडी लगाइएको छ भने उनीहरूलाई भित्तातर्फ ठेलिएको देखिन्छ। उनीहरूले त्यतिबेला पाइजामा मात्रै लगाएको देखिन्छ।

बन्दुक लिएको एक व्यक्तिले त्यतिबेला ती महिला सैनिकलाई उनीहरु सुन्दर भएको र गर्भवती हुन सक्ने बताइरहेको छ। यसरी हमासद्वारा बन्धक बनाइएका ती महिला सैनिकमा लिरी अल्बाग, करिना एरिभ, अगम बर्गर, डानिएला गिल्बोआ र नामा लेभी रहेको जनाइएको छ। 

सो भिडियो तीन मिनेटको रहेको छ। ती महिला सैनिक हमासको नियन्त्रणमा रहेका करिब १०० बन्धकहरू मध्येको हो, जो गएको सात महिनाभन्दा बढी समयदेखि हमासको नियन्त्रणमा रहेका मानिएको छ।

प्रकाशित: May 23, 2024| 10:47 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्