आइतबार, भदौ ७, २०८३

ललितपुरको ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन्।

प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उद्धार गरी बी एन्ड बी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव अस्पतालमै राखिएको छ।

प्रकाशित: May 23, 2024| 10:46 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्