बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

सहकारी ठगी प्रकरण

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

 |  बिहीबार, जेठ १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १०, २०८१

काठमाडौं- सहकारी ठगीबारे  छानबिन गरिने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक विहीबार बस्दैछ। 

National life

कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठन गरिएको कार्यदलको बैठक दिउँसो ३ बजे बस्ने तय भएको बताइएको छ।

समितिमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, रास्वपा  सांसद शिशिर खनाल र एमालेका प्रमुख सचेतक महेश बर्तौला छन्। 

कार्यदलले संसदीय समितिको कार्यादेश कस्तो रहनेछ भनेर तय गर्नेछ। नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग राख्दै लगातार संसद अवरुद्ध गर्दै आइरहेको छ।

प्रकाशित: May 23, 2024| 08:07 बिहीबार, जेठ १०, २०८१
प्रतिक्रिया दिनुहोस्