काठमाडौं- टुँडिखेल आसपास क्षेत्रमा लागु गरिएको 'पिक एन्ड ड्रप' प्रणालीले सडकमा गाडीको जाम घटे पनि यात्रुहरूको जात्रा भने कम भएको छैन। यात्रुहरू थप अन्योलमा परेका छन्। सार्वजनिक सवारी साधन रोकेर यात्रु कुर्न नपाइने भएपछि सडकमा जाम घटे पनि यात्रुहरुको भीड बढेको छ।
पुस १ गतेदेखि भोटाहिटी, जमल, रत्नपार्क, भृकुटीमण्डप र सहिदगेट वरपरको क्षेत्रमा लामो समयसम्म चालकले गाडी रोक्न नपाउने भन्दै काठमाडौं महानगरलगायत सरोकारवाला निकायले पिक एन्ड ड्रप प्रणाली सुरु गरेका थिए।
यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन नहुँदा टुँडिखेल नजिकका स्थानमा रोक्ने र ओरोल्ने काम भइरहेको छ। यसले सडकमा पुरानै जात्रा निम्त्याउने सडक प्रयोगकर्ताहरु बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...