बिहीबार, पुस १०, २०८२

बुद्धजयन्तीको पूर्वसन्ध्यामा भारतीय दूतावासको कार्यक्रम

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

काठमाडौं- बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। भारतीय दूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा सांस्कृतिलगायतका कार्यक्रम आयोजना गरेको हो। 

National life

बुधबार बौद्ध विश्वविद्यालयमा 'बुद्ध धर्म र वैश्विक शान्ति' विषयक अन्तर्क्रियामा नेपाल र भारतका विशिष्ट बौद्ध विद्वानहरूले आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा प्रकाश पारेका थिए। उनीहरूले भारत र नेपालबीचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धबारे बताएका थिए। 

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख अतिथ्यमा चित्रकला प्रदर्शनी र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री दाहालले नेपाल-भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै दुई देशका जनतालाई प्राचीनकालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गरे।

साँस्कृतिक कार्यक्रममा कलाकारहरूले नेपाल र भारतका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने प्रस्तुति दिएका थिए। भारतकी कविता द्विवेदी र उनको नृत्य टोलीले ‘श्वेत मुक्ति-द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा. सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरूको मार्मिक प्रस्तुति र सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली सांगीतिक समूह ‘सुर सुधा’द्वारा बौद्ध गीतहरूको भावपूर्ण सांगीतिक संग्रहको प्रस्तुति दिइएको भारतीय दूतावासले जनाएको छ। 

कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रूपमा रहेको बताए। जसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको उनको भनाइ छ। नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगर पवित्र भूमिहरू हुन्, जहाँबाट भगवान् बुद्धको सर्वव्यापी शिक्षा विश्वका अन्य भागमा फैलिएको थियो। राजदूत श्रीवास्तवले भारत र नेपालका जनताको कल्याण हेतु वर्तमान समयमा यो साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहिरहने कुरामा जोड दिएका थिए। 

Laxmi sunrise bank
kumari

कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री जोखबहादुर महरालगायत सहभागी थिए। 

प्रकाशित: May 22, 2024| 21:33 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्