आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अदालतबाट पुर्जी जारी भएपछि पक्राउ गर्न स्वीकृति दिएको हुँ: प्रधानमन्त्री

अदालतबाट पुर्जी जारी भएपछि पक्राउ गर्न स्वीकृति दिएको हुँ: प्रधानमन्त्री

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आफूले पनि अनुमति दिएको बताएका छन्।

मूलधारका मिडियाका ३१  सम्पादकहरुको संयुक्त पत्र बुझ्दै प्रधानमन्त्री दाहालले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले अनुमति दिएको जानकारी दिए।  

सम्पादकहरुको तर्फबाट प्रतिनिधिको रुपमा प्रतीक प्रधान, अमित ढकाल, मदन लम्साल र पुष्प दुलाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए। प्रधानका अनुसार प्रधानमन्त्री दाहालले सम्पादकहरुबाट ध्यानाकर्षण पत्र बुझ्दै भने,‘म तपाईंहरुको मागप्रति संवेदनशील छु। अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ।’

प्रकाशित: May 22, 2024| 20:12 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्