आइतबार, भदौ ७, २०८३

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि पनि अनुसन्धान सुरु गर्नुपर्ने माग गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कानुन समान रुपमा लागु हुनुपर्ने बताएको छ।

‘कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता दुरुपयोग सम्बन्धी अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ। राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरित गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ,’ बैठकपछि प्रवक्ता मोहन कुमार श्रेष्ठले भने, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन सुरु भएको छ। त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानविन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ। कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ ।’

प्रकाशित: May 22, 2024| 19:54 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्