आइतबार, भदौ ७, २०८३

विश्वकप खेल्न सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

काठमाडौं- अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।

अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० वर्ल्डकपमा नेपालको तर्फबाट खेल्न जान लागेका लामिछानेलाई अमेरिकाले भिसा नदिएको हो। लामिछानेले फेसबुकमा आफ्नो भिसा अस्वीकृत भएको लेखे पनि कारण खुलाएका छैनन्।

नेपाली टोली यसअघि नै अमेरिका पुगिसकेको छ। सन्दीपको भने बलात्कार मुद्दा चलिरहेकाले जान पाएका थिएनन्। क्यानको निलम्बनमा रहेका लामिछाने निर्दोष ठहर भएपछि अमेरिका पठाउने तयारी क्यानले गरेको थियो। आईसीसी टि-२० विश्वकप जुन २ तारिखदेखि सुरु हुँदैछ। 

यसअघि सन् २०१९ मा पनि लामिछानेलाई अमेरिकाले भिसा दिएको थिएन।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जेठ २२ अमेरिकाको डालास र जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्।

प्रकाशित: May 22, 2024| 17:00 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्