सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • दमक नगरपालिकाले १० महिनामा उठायो १४ करोड २४ लाख राजस्व

दमक नगरपालिकाले १० महिनामा उठायो १४ करोड २४ लाख राजस्व

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

झापा- दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १४ करोड २४ लाख २० हजार १३२ राजस्व उठाएको छ। नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको हो।

National life

गत आवको १० महिनामा नगरपालिकाले ११ करोड ७२ लाख ५६ हजार एकसय ५९ रूपैयाँ राजस्व संकलन गरेको थियो। 

नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा  २१ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा बैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व संकलन गरिएको जानकारी दिए।

'चालु आवको दुई महिनामा  राजस्व संकलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ', उनले भने।दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व संकलन गर्दै आन्तरिक आय गर्दै आएको छ।

नगरपालिकाले हालसम्म सम्पत्ति करबापत दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत एक करोड ६० लाख रूपैयाँ रकम संकलन गरेको सूचना अधिकारी चुडालले जानकारी दिए।

Laxmi sunrise bank
kumari

नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर एक करोड ६४ लाख, सम्पत्ति कर एक करोड ५५ लाख, नक्सापास दस्तुर एक करोड ६० लाख, बहाल करबापत एक करोड १८ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। रासस

प्रकाशित: May 22, 2024| 20:01 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्