काठमाडौं – निर्मलाको हत्या अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै डिल्लीराज विष्टसहित प्रारम्भिक चरणमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी परेको छ।
सार्वजनिक न्यायविरुद्धको कसुरअन्र्तगत जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेर मंगलबार निर्मलाकी आमा दुर्गादेवी पन्तले किटानी जाहेरी दिएकी हुन्। उनले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी विष्टसहित प्रहरी निरीक्षक जगदिश भट्ट, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डीएसपी अंगुर जिसी लगायतविरुद्ध किटानी जोहरी दिएकी हुन्।
प्रारम्भिक चरणमा अनुसन्धानका क्रममा प्रहरीबाटै प्रमाण नस्ट भएको, प्रहरीकै लापरबाहीका कारण हत्यारा पत्ता लाग्न नसकेको भन्दै उनले किटानी जाहेरी गरेकी हुन्।
कञ्चनपुर उल्टाखामकी १३ वर्षीया वालिका निर्मला पन्तको साउन ११ गते भिमदत्तनगर–१९ उखुवारीमा शव फेला परेको थियो। उनको हत्यारा पत्ता लगाउन भन्दै पटक–पटक आन्दोलन हुँदा समेत अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४