आइतबार, भदौ ७, २०८३

काभ्रेपलाञ्चोकमा एक दम्पती मृत भेटिए

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

धुलिखेल- काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै घरमा मङ्गलबार मृत फेला परेका हुन्। मानबहादुर घरको पसलमा तथा केकाइमाया भान्छा कोठामा मृत फेला परेका उनले बताए। 

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पठाइएको र अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। 

प्रकाशित: May 22, 2024| 13:03 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्