बुधबार, जेठ २८, २०८२

बेलायती प्रधानमन्त्रीलाई सगरमाथा पदयात्राको निम्तो

 |  बुधबार, जेठ ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

vianetvianet

काठमाडौं- लण्डनमा रहेकी अभिनेत्री मनीषा कोइरालाले त्यहाँका प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको लागि निम्ता गरेकी छन्। मंगलबार भएको भेटमा उनले ऋषिलाई नेपाल आउन र सगरमाथा क्षेत्रको पदयात्रा गर्न अफर गरेकी हुन्।

नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धको १०० औं वर्षगाँठ मनाउन बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनकले समारोह आयोजना गरेका थिए। कार्यक्रममा नेपाली राजदूत ज्ञानचन्द्र आचार्यदेखि बेलायतस्थित नेपाली डायस्पोराको उपस्थिति थियो। अतिथिको रुपमा मनीषा पनि टेन डाउनिङ स्ट्रिट पुगेकी थिइन्।

मनीषाले इन्स्टाग्रामबाट सुनकसँगको भेटका तस्बिर र भेटमा भएको कुराकानीबारे पोस्ट गरेकी छन्। प्रधानमन्त्री सुनकबाट नेपालबारे सुन्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाइ छ।

अनौपचारिक संवादमा प्रधानमन्त्री सुनकलाई आफूले सगरमाथा आधार शिविरको पदयात्राका लागि निम्तो गरेको समेत मनीषाले उल्लेख गरेकी छन्। समारोहमा उपस्थित धेरैजसोले ‘हीरामण्डी’ वेबसिरिज हेरेको र यो थाहा पाएपछि आफू उत्साहित भएको पनि मनीषाले उल्लेख गरेकी छन्।

प्रकाशित: May 22, 2024| 12:00 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्