बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कैलाश सिरोहिया निर्दोष हुनुहुन्छ, उहाँसँग सरकारको कुनै रिसइबी छैन: प्रधानमन्त्री प्रचण्ड

कैलाश सिरोहिया निर्दोष हुनुहुन्छ, उहाँसँग सरकारको कुनै रिसइबी छैन: प्रधानमन्त्री प्रचण्ड

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले नै प्रक्रिया अघि बढाऊ भनेपछि पक्राउ गरिएको बताएका छन्।

चन्द्रागिरीमा बुधबार भएको एक कार्यक्रमपछि पत्रकारहरुको जिज्ञासामा उनले भने, 'सरकारले रिसइबी साँध्यो भन्ने कुरा आएको छ। त्यो गलत कुरा हो। उहाँसँग के हो रिसइबी ?'

उनलाई गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत प्रतिशोधका कारण पक्राउ गरेको भन्ने छ नि भनेर सोधिएको प्रश्नमा दाहालले भने, 'त्यो मान्छेले भन्ने कुरामात्रै हो। अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ। सजिलै छुट्नुहुन्छ।'
नागरिकता मुद्दामा सिरोहियालाई हिजो साँझ काठमाडौंबाट पक्राउ गरेर राति नै धनुषा लगिएको छ।

प्रकाशित: May 22, 2024| 11:45 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्