बिहीबार, पुस १०, २०८२

सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ। जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो।

National life

प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए। जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका छन्।

यसैगरी सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन सुरू गरेको छ। नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको छ। अहिले उनीहरु अदालतनजिकै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर, सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नारा लगाइरहेका छन्। हिजो साँझ काठमाडौंबाट पक्राउ परेका सिरोहियालाई राति नै धनुषा लगिएको छ।

प्रकाशित: May 22, 2024| 11:29 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्