आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कान्तिपुर अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा, आजै अदालतमा पेश गरिने

कान्तिपुर अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा, आजै अदालतमा पेश गरिने

 |  बुधबार, जेठ ९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ९, २०८१

काठमाडौं- नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ। उनलाई आजै जिल्ला अदालत धनुषामा उपस्थित गराइँदैछ।

काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट हिजो साँझ पक्राउ परेका सिरोहियालाई हिजै राति जनकपुर लगिएको थियो।

अध्यक्ष सिरोहियाले फरक-फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो। धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो।

प्रकाशित: May 22, 2024| 09:05 बुधबार, जेठ ९, २०८१
प्रतिक्रिया दिनुहोस्