सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली प्रचण्डलाई चेतावनी : नेता कार्यकर्तालाई नलखेटनुस्, भूत बनेर तर्साउलान् 

ओली प्रचण्डलाई चेतावनी : नेता कार्यकर्तालाई नलखेटनुस्, भूत बनेर तर्साउलान् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - नेकपा स्थायी समितिको मंगलबार बसेको बैठकमा भूतप्रेतका कुरासम्म उठेका छन्। पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैली नसुध्रिएको भन्दै यस्तो सन्दर्भ बैठकमा उठेको हो। भूतको सन्दर्भ उठाउने स्थायी समिति सदस्य थिए योगेश भट्टराई। 

बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पूर्वएमालेमा भएको गुटलाई आधार मानिएर नेताकार्यकर्तालाई लखेटिएको गुनासो पोखे। उनले पार्टीको आठौं महाधिवेशनमा माधव नेपाललाई भोट दिएका कुरालाई आधार मानिएर यसरी लखेटिएको दाबी गरे। ‘अहिले केही समय त तपाईंहरूलाई ठिकै होला, तर पछि तपाईहरूले लखेटेका नेताकार्यकर्ता भूत बनेर सपनामा तर्साउँछन्। त्यसपछि तपाईंहरुलाई सुकेनास लाग्नेछ’, भट्टराईलाई उधृत गर्दै बैठक स्रोतले भन्यो। 

अध्यक्षद्वयले पेस गरेको प्रतिवेदन तल्ला तहका कार्यकर्ताका लागि हतियार बन्नुपर्नेमा जोड दिँदै भट्टराईले अहिलेको प्रतिवेदन भुत्ते भएको  र त्यसले हात मात्र दुख्ने बताए। उनले अहिलेको प्रतिवेदन पुनर्लेखन नगरी बाहिर प्रकाशित गरे त्यसले दुवै अध्यक्षको उचाइलाई रसातल पुर्‍याउने चेतावनी बैठकमा दिए।  घनश्याम भुसाल ५ वर्ष उपमहासचिव हुँदा एउटा जिम्मेवारी नपाएको र आफ्नो पनि त्यस्तै हालत भएको गुनासो योगेशले बैठकमा गरेका थिए। ‘पहिला मलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइयो तर प्रचारको काम दिइएन, त्यतिमात्र होइन म प्रचार विभाग प्रमुख भएका कारण पार्टीमा प्रवक्तासमेत राखिएन’, योगेशलाई उधृत गर्दै बैठक स्रोतले भन्यो। 

बैठकमा आफ्नो लिखित धारणा राख्दै स्थायी समिति सदस्य भीम रावलले  सरकारमा कसलाई ल्याउने, कसलाई नल्याउने भनेर पार्टीमा छलफल नभएको गुनासो गर्दै सरकार सञ्चालक दलाल पुँजीपति वर्गको दबाबमा परेको आरोप लगाए। उनले समय आएपछि आफूले यसबारे फेहरिस्त विवरण दिने दाबी गरे। 

उनलेसंविधान संशोधनबारे बैठकमा एजेन्डा बनाएर छलफल गर्नुपर्ने माग गरे। रावलले एसिया प्यासिफिक समिटमा नेताहरुको सहभागिताले देशको शिर निहुर्‍याएको बताए । उनले यसबारे आत्मालोचना गर्न नेताहरूसँग माग गरे। 

रावलले वामेदव गौतमले पेस गरेको सुझाव बैठकमा समावेश गर्न माग गरे। स्थायी समिति सदस्य टोपबहादर रायमाझीले मापदण्ड बनाएर विधि र प्रक्रियाअनुसार पार्टी एकीकरणको टुंगो लगाउनुपर्ने बताए । उनले पनि  अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पुनर्लेखन गर्न माग गरे। 

स्थायी समिति सदस्य शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङले भने सरकार र नेतृत्वको बचाउ गरेका थिए। 

दिगम्बर झालाई हटाउन माग

स्थायी समिति सदस्य योगेश भट्टराईले विवादास्पद छवि भएका दुरसञ्चार प्राधिकरणका कार्यकारी निर्देशक दिगम्बर झालाई हटाउन माग गरेका छन्। ‘भ्रष्टाचार अन्त्यका कुरा गर्नुहुन्छ, तर दिगम्बर झालाई नियक्ति गर्नुहुन्छ,  साँच्चै भ्रष्टाचार अन्त्यको कुरा गर्ने हो भने झालाई कारबाही गरेर हटाउनुस्’, भट्टराईलाई उधृत गर्दै स्रोतले भन्यो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।