बिहीबार, पुस १०, २०८२

कैलाश सिरोहियालाई रातारात धनुषा लगियो

 |  मंगलबार, जेठ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

काठमाडौं- मंगलबार बेलुका पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ।

National life

प्रहरीका अनुसार थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएका सिरोहियालाई आजै धनुषा पठाइएको हो।

थापाथलीबाट उनकै गाडीमा मीनभवन ल्याइएका सिरोहियालाई त्यहाँबाट भने प्रहरीको गाडीमा धनुषा पठाइएको छ। 

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो। 

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको छ। दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो।

Laxmi sunrise bank
kumari

जाहेरी परेसँगै जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार नै जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो। पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए।
 

प्रकाशित: May 21, 2024| 19:41 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्