सोमबार, जेठ २६, २०८२

गृहमन्त्रीमा नवअधिनायकवाद देखियो: सिरोहिया

 |  मंगलबार, जेठ ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

vianetvianet

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेमा नवअधिनायकवाद देखिएको टिप्पणी गरेका छन्। 

कार्यकक्षबाट पक्राउ गरिएपछि उनले गृहमन्त्री लामिछानेको दुईवटा पासपोर्ट रहेको बताए। 'गृहमन्त्रीसँग त दुईवटा पासपोर्ट छ। नवअधिनायकवाद देखिएको छ। कार्यकक्षबाट गिरफ्तार गरिएको छ। अन्तिमसम्म लड्छु,' उनले भने। 

सिरोहियाले आफूलाई नागरिकताको विषयमा नभएर सहकारीको बचत अपचलन प्रकरणमा लेखिएको समाचारको बदला लिइएको पनि बताए। सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

उनले गृहमन्त्रीलाई दुईवटा पासपोर्टको विषयमा भोलि नै पक्राउ पूर्जी जारी हुने विश्वास पनि व्यक्त गरे। आफूले छानबिनलाई सघाउनेभन्दा पनि पक्राउ गरिएको बताए।

प्रकाशित: May 21, 2024| 19:02 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्