बुधबार, जेठ २०, २०८३

सिरोहियालाई तत्काल रिहाइ गर: निधि

 |  मंगलबार, जेठ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नाङ्गो कर्तुत भन्दै तत्काल रिहाइको माग गरेका छन्।

निधिले ट्विट गर्दै भनेका छन्, 'कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नाङ्गो कर्तुत हो। यसको भर्त्सना गर्दछु। जनकपुरमा उनको र मेरो घर सडकको वारीपारी हो। उनको मातापिता र पुरै परिवारलाई म राम्ररी चिन्दछु। सञ्चार क्षेत्रमा उनको योगदान अद्वित्तिय छ। तत्काल उनको रिहाइको माग गर्दछु।'

सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो।

प्रकाशित: May 21, 2024| 18:52 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्