सोमबार, जेठ २६, २०८२

यी मन्त्रीको छ सहकारीमा बचत र सेयर

 |  मंगलबार, जेठ ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

vianetvianet

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार प्रधानमन्त्रीसहित २२ जना मन्त्री र एक राज्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

घरजग्गा, सुनचाँदी, नगद, बैंक तथा वित्तीय संस्थामा सेयर, सवारीसाधन लगायत विवरण सार्वजनिक भएको हो। साथै मन्त्रीहरुको ऋण पनि सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री, तीन उपप्रधानमन्त्री, १८ मन्त्री र एक राज्य मन्त्रीमध्ये चार जनाको सहकारीमा समेत सम्पत्ति रहेको छ।

सार्वजनिक भएको विवरणअनुसार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको सिनर्जी कोअपरेटिभ लिमिटेडमा १८ लाख ४१ हजार र उनकी श्रीमती सृष्टी सिंहको नाममा २५ लाख रुपैयाँ गरी ४३ लाख ४१ हजार रुपैयाँ रहेको छ। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका हुन्।

रास्वपाकै श्रममन्त्री डोलप्रसाद अर्यालको जनसहकारीमा १ करोड १५ लाख र श्रीमती अम्बिका केसीको सोही सहकारीमा १५ लाख रुपैयाँ रहेको छ।

National life insurance

यसैगरी जनसागर सहकारीमा अर्यालको नाममा १० हजार कित्ता, श्रीमती केसीको नाममा सुवर्णभूमि सहकारी १ हजार कित्ता र संयम सहकारीमा २ हजार कित्ता सेयर रहेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको सिनर्जी बचत तथा श्रण सहकारी लिमिटेडमा ५० लाख र श्रीमती बसुन्धरा पौडेल अधिकारीको सोही सहकारीमा २ लाख रुपैयाँ रहेको छ। अधिकारी नेकपा एमालेका मन्त्री हुन्।

नेकपा माओवादीकी मन्त्री रेखा शर्माको क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ रहेको छ। उनी सञ्‍चार तथा सूचना प्रविधिमन्त्री छिन्।

प्रकाशित: May 21, 2024| 16:26 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्