बिहीबार, पुस १०, २०८२

कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

 |  मंगलबार, जेठ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो।

National life

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घरघडेरी छ। यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ। उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको विवरणमा उल्लेख छ। यसैगरी प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैंक सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख छ।

प्रधानमन्त्री प्रचण्डले आफूसँग कुनै ऋण, सवारीसाधन, कृषि तथा पशुधन नरहेको उल्लेख गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 21, 2024| 15:18 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्