बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जसले छोरालाई आत्महत्या गर्न सिकाएर जंगल पठाए अनि आफूलाई सिध्याए

अनौठो थली घटना

जसले छोरालाई आत्महत्या गर्न सिकाएर जंगल पठाए अनि आफूलाई सिध्याए

 |  मंगलबार, जेठ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१


काठमाडौं- काठमाडौंको कागेश्वरी नगरपालिका-५ स्थित थलीमा भएको एक घटना अनुसन्धान गर्दै जाँदा प्रहरीले अनौठा तथ्यहरु भेटाएको छ। थलीमा एक व्यक्ति मृत फेला परेपछि प्रहरी वृत्त बौद्धले अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं समेतको सहयोगमा भएको अनुसन्धानबाट निम्न कुराहरु खुलेका छन्।

National life

मृत भेटिएका व्यक्ति ५४ वर्षीय कृष्ण नगरकोटी हुन्। उनले आत्महत्या गरेको आशंका गरिएको छ र छोराले पनि आत्महत्या प्रयास गरेको पाइएको छ।

कृष्णका छोरा २१ वर्षीय रिचेन नगरकोटीले आत्महत्या गर्न खोजिरहेको अवस्थामा प्रहरीले उद्धार गरेको हो। छोरी २९ वर्षीया रश्मी नगरकोटीलाई भने प्रहरीले सेतोपुलबाट नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार कृष्णका छोराछोरी नै मानसिक अवस्था ठीक नभएको पाइएको छ।

आज बिहान साढे ५ बजे घाँटी रेटिएको अवस्थामा कृष्णको शव थली ओरालो नजिक बन्दै गरेको ढुंगाको पर्खालको छेउमा भेटिएको थियो। उनको साथमा रहेको ड्राइभिङ लाइसेन्सबाट नगरकोटीको पहिचान खुलेको थियो।

नगरकोटीका छोरालाई भने हिजो साँझ ५ बजे दक्षिणकालीको चाल्नाखेलबाट आत्महत्या प्रयास गर्दा गर्दै उद्धार गरिएको थियो। यता थलीमा बुबा कृष्ण आज बिहान मृत फेला परेका थिए। कृष्णले १५ वर्ष अघिदेखि ट्याक्सी चलाउँदै आएका थिए। तीनै जना ३ महिनादेखि घर नगई ट्याक्सीमा नै खाने-बस्ने गर्दै आइरहेको बताइएको छ।

Laxmi sunrise bank
kumari

कृष्णकी श्रीमतीले ८ वर्षअघि नै दोस्रो विवाह गरेको पाइएको छ। परिवारमा बुबा र छोराछोरी मात्रै थिए। श्रीमतीले छाडेर गएदेखि छोरी रश्मि र छोरा रिचेन काठमाडौंको रविभवन, गणेशथानमा कोठा डेरा लिई बस्दै आएका थिए। कोठा भाडा तिर्न नसकेपछि ३ महिनादेखि छोराछोरी पनि ट्याक्सीमै बस्दै आएको अनुसन्धानबाट खुलेको छ।

छोरा रिचेन र छोरी रश्मी दुवैको मानसिक अवस्था साधारण नदेखिएको प्रहरीले बताएको छ। हिजो बिहान १० बजे सेतो पुल नजिक ट्याक्सी बिग्रिएकोले मिस्त्री बोलाई ल्याउँछु भनेर कृष्णको छोरी रश्मी नगरकोटीलाई त्यही स्थानमा छाडी छोरा रिचेनलाई साथमा लिई गएको पाइएको छ। हिजो दिउँसो ११ बजे ट्याक्सी बिग्रियो सामान लिन जाने भनेर छोरीलाई सेतोपुल छोडेर बुबा र छोरा हिँडेका थिए। त्यसपछि बुबा एकातिर दाइ एकातिर लागेको अनुसन्धानबाट खुलेको छ। घटनाको प्रकृति हेर्दा आत्महत्या भएको प्रारम्भिक निष्कर्ष प्रहरीको छ।

छोरा रिचेनको बयानअनुसार पारिवारिक अवस्था, गरिबी लगायतले जिन्दगीबाट दिक्क लागी कृष्णले छोरालाई पनि आत्महत्याको लागि मुखमा कपडा राखी ब्लेडले घाँटी काट्ने तरिका सिकाएर २ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा दिई दक्षिणकालीको जंगलमा गई आत्महत्या गर्नु, म पनि कुनै स्थानमा गई आत्महत्या गर्छु भनेर पठाएका थिए।

छोरा रिचेनको घाँटी बायाँ पट्टीवाट झण्डै ७/८ सेमी लामो ब्लेडले काटिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। कृष्णको दाहिने हातको बूढी औंला र चोर औंलामा ब्लेडले काटेको पाइएको छ। घटनास्थलमा कृष्ण नगरकोटीको शवनजिक ४ वटा जिलेट ब्लेड र घाइते रिचेन नगरकोटीको साथबाट २ वटा जिलेट ब्लेड फेला परेको थियो।

कृष्णको मुखमा कपडा फेला परेको र घाइते रिचेनले समेत सोही तरिका अपनाएको पाइएको छ।  कृष्णकी छोरीलाई भने बा १ ज ९६५ नम्बरको ट्याक्सीभित्र सेतोपुल सडक खण्डमा फेला पारिएको थियो। छोराछोरी दुवै प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित: May 21, 2024| 14:16 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्